काठमाडौं : महिन्द्राको नयाँ इन्धन किफायती ’एसपी प्लस’ ट्रयाक्टर नेपाली बजारमा सार्वजनिक भएको छ। भारतीय व्यापारिक घराना महिन्द्रा समूहअन्तर्गतको कम्पनी फार्म इक्विपमेन्ट सेक्टरले उत्पादन आएको ‘एसपी प्लस’ ट्रयाक्टर सिरिज नेपाल उपलब्ध गराएको कम्पनीले जनाएको छ ।
यसमा उच्च क्षमतायुक्त हाइड्रोलिक स्टेरिङ, तेल इमर्स्ड ब्रेक जस्ता फिचरहरु रहेका छन् । यी ट्रयाक्टर कृषि प्रयोजनका साथै ढुवानीमा समेत उपयोगी हुने भएकाले किसानको उत्पादकत्वमा सहयोगी बन्ने कम्पनीले जनाएको छ ।
बिक्री शुभारम्भको अवसरमा अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले भने, ‘किसानलाई अझ धैरै कार्य गर्न र आफ्नो कृषि उत्पादकत्वलाई बढाउन सहयोग गर्ने एसपी प्लस श्रृङ्खलामा ६ वर्षे वारेन्टी उपलब्ध रहेको छ, जुन यस उद्योगमै सबैभन्दा बढी हो ।’ महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको कृषि उपकरण क्षेत्र, अन्तर्राष्ट्रिय कार्य सञ्चालन प्रमुख प्रकाश वाकंनकरले भने,’ बदलिँदो समयसँगै किसानहरू आफ्नो उत्पादकत्व बढाउन चाहन्छन् । त्यसैले नयाँ एसपी प्लस श्रृंखला नेपालमा पनि बिक्री सुरु गर्न थालिएको हो ।’
नयाँ सिरिजका ट्रयाक्टरहरू महिन्द्राको उन्नत ईएलएस इन्जिन र रिभर्स पीटीओ सहितको डुअल क्लज गियरबक्समा उपलब्ध छन् । नयाँ महिन्द्रा एसपी प्लस ट्रयाक्टरहरु क्रमशः जेठ ७, ८ र ९ गते देशका विभिन्न स्थान बिर्तामोड, विराटनगर र जनकपुरमा बिक्री शुरु भएको छ । यसलाई नेपालमा सार्वजनिक गर्ने कार्यक्राममा महिन्द्रा एण्ड महिन्द्रा लिमिटेड (भारत) र अग्नि ग्रुपका उच्च अधिकारीहरु, स्थानीय डिलर, स्थानीय उद्योग वाणिज्य संघका प्रतिनिधि लगायतको उपस्थिति थियो । अब कम्पनीले छिट्टै नै नयाँ एसपी प्लस सिरिजको ट्रयाक्टर वीरगन्ज, चितवन र नेपालगन्जमा पनि सार्वजनिक गर्ने विज्ञप्तीमा उल्लेख गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies